प्रिय जेनजी सुशासन कायम हुने नै छ - प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मुलुकमा हरहालतमा सुशासन कायम हुने बताएका छन्। मङ्गलबार जेनजी सहिद दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत छोटो सन्देश जारी गर्दै उनले यस्तो दृढता व्यक्त गरेका हुन्।
प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन्,
प्रिय जेनजी
सुशासन कायम हुने नै छ
सहिद हरूप्रति हार्दिक श्रद्धाञ्जली ।
गत वर्षको भदौ २३ र २४ गते भएको ऐतिहासिक 'जेनजी आन्दोलन' का क्रममा सुरक्षाकर्मीसँगको झडप तथा विभिन्न घटनामा ७६ जना नागरिकले ज्यान गुमाएका थिए।
उक्त आन्दोलनकै बलमा तत्कानिन केपी शर्मा ओली नेतृत्वको सरकार ढल्न पुगेको थियो। जेनजी सहिदहरूको बलिदानलाई स्मरण गर्दै वर्तमान प्रधानमन्त्री शाहले उनीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस