Techie IT
२०८३ असोज १९, सोमबार

कांग्रेस नेता चन्द्र भण्डारीद्वारा उपसभापति पदमा उम्मेदवारी घोषणा


नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले पार्टीको चलिरहेको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत औपचारिक रूपमा आफ्नो दाबी प्रस्तुत गर्दै उनले रूपान्तरित कांग्रेस निर्माणको मुख्य एजेन्डा अघि सारेका छन् ।

नेता भण्डारी “समृद्ध मुलुक, खुसी नेपाली” लाई आफ्नो प्रमुख लक्ष्य र “समय अनुकूल विचार बोकेर हिँड्ने गतिशील पार्टी निर्माण” लाई त्यसको माध्यमका रूपमा व्याख्या गरेका छन् । पार्टीलाई समयसापेक्ष रूपमा रूपान्तरण गर्दै मुलुकको समग्र समृद्धि र विकासमा लागि नै आफूले उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको उनको भनाइ छ।

यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा नेता शेखर कोइरालाको प्यानलबाट उपसभापति पदका उम्मेदवार बनेका भण्डारी पराजित भएका थिए । पराजयपछि पार्टी सभापति शेरबहादुर देउवाले उनलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट