११औँ महाधिवेशनपछि एमाले स्थायी कमिटीको पहिलो बैठक बस्दै
नेकपा (एमाले) ले ११औँ महाधिवेशनपछि पहिलोपटक स्थायी कमिटीको बैठक आह्वान गरेको छ। एमालेले भोलि (बिहीबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी बैठक बोलाएको हो।
पार्टीका प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार यही असोज २२ गते दिउँसो १ बजेका लागि तय भएको यस बैठकमा समसामयिक राजनीतिक विषय र सांगठनिक एजेन्डामाथि छलफल हुनेछ। महाधिवेशन सम्पन्न भएपश्चात् पहिलोपटक बस्न लागेको स्थायी कमिटीको यो बैठकलाई एमालेभित्र निकै महत्वका साथ हेरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस