सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय फिर्ता लिन महामन्त्री राणाको माग
उदयशमशेर राणा
नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले वैकल्पिक आवासको प्रबन्ध नगरी सुकुम्बासी परिवारलाई होल्डिङ सेन्टरबाट हटाउने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।
सरकारको उक्त कदमप्रति गम्भीर आपत्ति जनाउँदै महामन्त्री राणाले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, “घरबार गुमाएर त्यहाँ आश्रय लिइरहेका परिवार अब कहाँ जाने? यसको जवाफ दिने र उनीहरूको सुरक्षित बसोबासको व्यवस्था गर्ने जिम्मेवारी सरकारकै हो।”
प्रभावित परिवारसँग सार्थक संवाद गरी सुरक्षित र सम्मानजनक पुनर्वासको व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिएका छन्। उचित पुनर्वासको सुनिश्चितता नभएसम्म ती परिवारलाई होल्डिङ सेन्टरमै बस्न दिनुपर्ने राणाको भनाइ छ।



तपाईको प्रतिक्रिया दिनुहोस