Techie IT
२०८३ मंसिर १२, शुक्रबार

नेप्सेमा एनआईसी एशिया बैंक र ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य समायोजन


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनआईसी एशिया बैंक लिमिटेड (NICA) र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (GILB) को सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले एनआईसी एशिया बैंकको ५० प्रतिशत हकप्रद सेयर र ग्लोबल आइएमई लघुवित्तको ६ प्रतिशत बोनस सेयर प्रयोजनार्थ मूल्य समायोजन गरेको हो। समायोजनपश्चात् एनआईसी एशिया बैंकको सेयरमूल्य प्रतिकित्ता २५० रुपैयाँ र ग्लोबल आइएमई लघुवित्तको १ हजार ४८ रुपैयाँ ११ पैसा कायम भएको छ।

अघिल्लो कारोबार दिन अर्थात् बिहीबार दोस्रो बजारमा कायम अन्तिम मूल्यका आधारमा नेप्सेले सेयरमूल्य समायोजन गरेको हो। बिहीबार एनआईसी एशियाको सेयर प्रतिकित्ता ३२५ रुपैयाँमा र ग्लोबल आइएमई लघुवित्तको १ हजार १११ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आज दोस्रो बजारमा दुवै कम्पनीको सेयर कारोबार खुल्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट