Techie IT
२०८३ श्रावण १२, मंगलबार

अमेरिकन चुनावमा सम्भावित साइबर ह्याकको अनुसन्धान गर्दै एफबीआइ

विशेषगरि इरान बाट साइबर ह्याकिङ्गका गतिविधि हुन सक्ने आकलन गर्दै एफबीआइले त्यस सम्बन्धी काम अघि बढाएको हो । एफबीआइका अनुसार अहिले डेमोक्र्याटिक समर्थकका खाताहरू ह्याक हुन सक्ने अनुमान गरिएको छ ।


अमेरिकाको राष्ट्रपतिय चुनाव विश्वभरि नै चासोका साथ हेरिन्छ । चुनावका वेला हुने प्रचार प्रसारका शैली देखि ट्रम्पको हत्याको प्रयासको घटनाले यस पालिको चुनावी गर्मी तातिरहेको छ । वर्तमान उपराष्ट्रपति तथा डेमोक्रयाटिक उम्मेदवार कमला ह्यारिस रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई दरो टक्कर दिइरहेकी छन् । सामाजिक सञ्जालमा हुने प्रचार प्रसारमा विदेशी ह्याकरहरूले चुनावलाई ने प्रभाव पार्न सक्नै भन्दै एफबीआइले अनुसन्धान गरिरहेको छ । 

विशेषगरि इरान बाट साइबर ह्याकिङ्गका गतिविधि हुन सक्ने आकलन गर्दै एफबीआइले त्यस सम्बन्धी काम अघि बढाएको हो । एफबीआइका अनुसार अहिले डेमोक्र्याटिक समर्थकका खाताहरू ह्याक हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, डेमोक्र्याटिक राष्ट्रपति अभियानसँग जोडिएका खाताहरू ह्याक गर्ने प्रयासहरू सफल भए वा भएनन् भन्ने अस्पष्ट छ । उपराष्ट्रपति तथा राष्ट्रपति उम्मेदवार कमला ह्यारिसको टोलीले उनीहरूमा कुनै साइबर ह्याक भएको कुनै प्रमाण फेला पारेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट