अमेरिकन चुनावमा सम्भावित साइबर ह्याकको अनुसन्धान गर्दै एफबीआइ
विशेषगरि इरान बाट साइबर ह्याकिङ्गका गतिविधि हुन सक्ने आकलन गर्दै एफबीआइले त्यस सम्बन्धी काम अघि बढाएको हो । एफबीआइका अनुसार अहिले डेमोक्र्याटिक समर्थकका खाताहरू ह्याक हुन सक्ने अनुमान गरिएको छ ।
अमेरिकाको राष्ट्रपतिय चुनाव विश्वभरि नै चासोका साथ हेरिन्छ । चुनावका वेला हुने प्रचार प्रसारका शैली देखि ट्रम्पको हत्याको प्रयासको घटनाले यस पालिको चुनावी गर्मी तातिरहेको छ । वर्तमान उपराष्ट्रपति तथा डेमोक्रयाटिक उम्मेदवार कमला ह्यारिस रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई दरो टक्कर दिइरहेकी छन् । सामाजिक सञ्जालमा हुने प्रचार प्रसारमा विदेशी ह्याकरहरूले चुनावलाई ने प्रभाव पार्न सक्नै भन्दै एफबीआइले अनुसन्धान गरिरहेको छ ।
विशेषगरि इरान बाट साइबर ह्याकिङ्गका गतिविधि हुन सक्ने आकलन गर्दै एफबीआइले त्यस सम्बन्धी काम अघि बढाएको हो । एफबीआइका अनुसार अहिले डेमोक्र्याटिक समर्थकका खाताहरू ह्याक हुन सक्ने अनुमान गरिएको छ । यद्यपि, डेमोक्र्याटिक राष्ट्रपति अभियानसँग जोडिएका खाताहरू ह्याक गर्ने प्रयासहरू सफल भए वा भएनन् भन्ने अस्पष्ट छ । उपराष्ट्रपति तथा राष्ट्रपति उम्मेदवार कमला ह्यारिसको टोलीले उनीहरूमा कुनै साइबर ह्याक भएको कुनै प्रमाण फेला पारेको छैन।



तपाईको प्रतिक्रिया दिनुहोस