महोत्तरीमा ओली, देउवा र प्रचण्डको जमघट
काठमाडौं । महोत्तरीमा प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को जमघट भएको छ ।
तीन मुख्य दलका शीर्ष नेताहरूको जमघटले महोत्तरीमा उत्साह छाएको छ । आज (शुक्रबार) प्रधानमन्त्री ओलीले महोत्तरीमा रहेको गौशाला–१ स्थित नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज प्रालिको उद्घाटन गर्नेछन् ।
प्रमुख सत्तारूढ कांग्रेस सभापति देउवा पार्टीको एक कार्यक्रममा बर्दिबास हुनेछन् भने प्रतिपक्षी माओवादी अध्यक्ष प्रचण्ड सम्सीमा ‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’मा सरिक हुनेछन् ।
आफ्नो जिल्लामा मुख्य दलका नेताको एकैचोटी जमघट हुँदा महोत्तरीमा उत्साह छाएको छ । मुलुकका तीन मुख्य दलका नेताहरू एउटै जिल्लामा आइपुग्नु खुसीको कुरा हो । उहाँहरूले कम्तिमा यहाँको समस्या देख्नुहुनेछ,’ बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीले भने, ‘तत्कालै कुनै परिणाम नदेखिए पनि नेताहरूको यो जमघटले जिल्लालाई दूरगामी प्रभाव पर्नेछ ।’



तपाईको प्रतिक्रिया दिनुहोस