Techie IT
२०८३ असार २९, सोमबार

अभियानले माओवादी नेता/कार्यकर्ताको पुनर्ताजगी : तराई–मधेसमा प्रचण्डको साख कायमै


काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको ‘जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान’ आज (शुक्रबार) सर्लाही जिल्लामा रहेको छ । 

फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी हुँदै सर्लाही आएको हो । आजै सर्लाहीका कार्यक्रम सकेर अभियान टोली रौतहट जाने छ ।

अभियानको जिल्ला बढ्दै गर्दा जनसहभागिता पनि बढ्दै गएको छ । विहान ६ बजे मर्निङ वाक गरेर सुरु गरिने अभियानका कार्यक्रम राति ९ बजेसम्म चल्ने गरेका छन् । 

अभियानको क्रममा सडकैभरि फूलमाला बोकेर उभिएका सयौं कार्यकर्ता र शुभेच्छुकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेताहरूलाई स्वागत गर्ने गरेका छन् । स्वागतमा सबै उमेर समूह र बढी महिलाहरू सडकमा आउने गरेका छन् । स्वागतपछि चोकचोकमा चोक सभा हुने गरेको छ भने एक जिल्लामा एक मुख्य सभा हुने गरेको छ ।

सर्लाहीमा प्रवेश गरेपछि हिजोदेखि विभिन्न स्थानमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीका स्थानीय कमिटीहरूले संयुक्त स्वागत कार्यक्रम राखेका छन् । सो पार्टीका अध्यक्ष महेन्द्रराय यादव पनि अभियानमा सहभागी छन् । 

हुलाकी मार्गमा पर्ने स्थानीय तहहरूले अभियान टोलीलाई स्वागत गरिरहेका छन् । जुन दलबाट जितेका जनप्रतिनिधि भए पनि पूर्वप्रधानमन्त्रीसहित देशका शीर्ष नेता गाउँमा आउनुलाई अवसरको रुपमा लिएर उनीहरूले स्वागत गर्ने गरेका छन् । 

अभियान टोलीले जनताकै घरमा सामूहिक रूपमा खाना खाने र बाँडिएर बस्ने गरेको छ । आज सर्लाहीमा अभियान टोली विहानै पर्सा गाउँपालिकाको मुस्लिम वस्तीमा पुगेर रमजानको शुभकामना आदान प्रदान गरेको थियो । त्यसपछि चन्द्रनगर, ब्रह्म्पुरी गाउँपालिकाका विभिन्न स्थानमा जनभेट्घाट, स्वागत र चोकसभा सप्पन्न भएका छन् भने मलंगवामा जनसभा हुँदैछ ।

पार्टीको अभियानको क्रममा अध्यक्ष प्रचण्ड पुगेको ठाउँमा अधिकांश नेता तथा कार्यकर्ताहरूले आफूहरूलाई पुनर्ताजगी भएको बताएको उनको सचिवालयले जनाएको छ । 

विशेषतः तराई–मधेसका जिल्लाहरूमा प्रचण्डको साख नगुमेको माओवादीका कयौँ नेताहरू बताउँछन् । १० वर्षे सशस्त्र संघर्षमा तराई–मधेसका जिल्लामा प्रचण्डको राम्रो प्रभाव परेको थियो । तर, लामो समयपछि उनी त्यहाँ पुग्दा पनि क्रेज कायम रहेको उर्लिएको जनसागरले प्रमाणित गर्छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट