‘मिसन रोजगारी’ अभियान सुरु गर्दै कांग्रेस
काठमाडौं । नेपाली कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दैछ । पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपा ललितपुरमा उक्त अभियानको तयारीबारे छलफल हुँदैछ ।
कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको उपस्थितिमा ‘मिसन रोजगारी’ अभियान सञ्चालनबारे छलफल हुनेछ ।
त्यस्तै नेकपा (एमाले)ले पार्टी सुदृढीकरणका लागि ‘एमाले जरा’ अभियान सञ्चालनको तयारी गर्दैछ भने माओवादी केन्द्रले जनतासँग माओवादी : तराई–मधेस जागरण अभियान सञ्चालन गरेको छ ।
यद्यपि उसले केही दिनका लागि उक्त अभियान रोकेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस