Techie IT
२०८३ असोज २६, सोमबार

गणतन्त्रविरुद्ध गतिविधि गरे सडक संघर्ष गर्ने विद्यार्थी संगठनको चेतावनी


नेकपा (माओवादी केन्द्र) लगायत समाजवादी मोर्चा निकट चार वटा विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचन र वर्तमान राजनीतिक परिस्थितिबारे संयुक्त प्रेस विज्ञप्ति जारी गरेका छन् ।

उनीहरूले यही चैत ५ गते हुने स्ववियु (स्ववियु) निर्वाचनमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले मनोमानी ढंगले संगठनहरूको नाम दर्ता गर्ने क्रममा पूर्वप्रचलित क्रम संख्याको आधार हटाई ‘गोला प्रथा’ लागू गर्ने निर्णयको विरोध गरेका छन्।

विज्ञप्तिमा निर्वाचन प्रक्रिया पहिलेकै कार्यतालिका अनुसार अगाडि बढाउन माग गर्दै, नियम परिवर्तनबाट निष्पक्ष निर्वाचन प्रक्रियामै प्रश्न उठ्ने चेतावनी दिइएको छ।

यस्तै, पूर्वराजाको हालैका गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण गराउँदै यदि गणतन्त्रविरोधी कुनै पनि कदम चालेमा संयुक्त विद्यार्थी आन्दोलनले प्रतिरोध गर्ने र गणतन्त्रको रक्षाका लागि सडकमा उत्रिने उनीहरूले उल्लेख गरेका छन्।

चारवटै संगठनहरूले त्रिविको स्वायत्तता र विद्यार्थीहरूको लोकतान्त्रिक अधिकारको पक्षमा उभिएर सशक्त आन्दोलन गर्ने तयारीसमेत गरेका छन्।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट