Techie IT
२०८३ असार २९, सोमबार

भोलि बस्ने संसद् बैठकमा प्रचण्डले सम्बोधन गर्ने, प्रधानमन्त्री ओली उपस्थित होलान् ? (कार्यसूचीसहित)


काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् बैठकलाई सम्बोधन गर्ने भएका छन् । 

आज (सोमबार) सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा प्रचण्डको सम्बोधनबारे पनि छलफल भएको नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । 

उनका अनुसार भोलि बस्ने बैठकमा माओवादी अध्यक्ष प्रचण्डले समय माग गरेकोले बैठकका लागि सयम निर्धारण गरिएको छ भने प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पनि उपस्थित हुनेछन् । 

त्यस्तै भोलिको बैठकमा कानून, न्याय तथा संसदीय मामीलामन्त्री अजय कुमार चौरसियाले उपभोक्ता अदालतको गठन सम्बन्धी सूचना टेबुल गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव र ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए । 

हेर्नुहोस् सम्भावित कार्यसूची :


 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट