Techie IT
२०८२ असोज ८, बुधबार

एमाले–माओवादी अभियान : ओलीमाथि आक्रमण प्रयास, प्रचण्डलाई ७१ किलोको फूलमाला !


काठमाडौं । गत वर्ष नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको थियो । 

पार्टीको ‘मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रा अभियान’को क्रममा भोजपुरको कार्यक्रम सकेर धनकुटातर्फ गइरहेका ओलीलाई अतिथि सत्कारको लाइनमा माला लगाउन उभिएका एक व्यक्तिले मुक्का प्रहार गर्ने प्रयास गरेका थिए । 

त्यसपछि तत्काल एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

यद्यपि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भने ७१ किलो फूलको माला लगाइदिएका छन् । 

जनतासँग माओवादी अभियान अन्तर्गत ‘तराई–मधेस जागरण अभियान’को क्रममा प्रचण्डलाई रुपन्देहीको ओमसतियामा ७१ किलोको माला लगाइदिएका हुन् । 

प्रचण्डको उमेरअनुसार रामजानकी जमुहानी पोखरा ताल व्यवस्थापन समिति सदस्यहरूले ७१ किलोको माला लगाइदिएको ओमसतिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष शिवकुमार धवलले जानकारी दिए । 

आज प्रचण्ड रुपन्देहीका ४ वटा कार्यक्रममा सहभागी हुनेछन् ।   
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट