Techie IT
२०८२ असोज ८, बुधबार

रेशम–रञ्जिताको कलहले सिके रावत अलमल, कहाँ अड्कियो पार्टी एकताको हलो ?


काठमाडौं । तराई÷मधेस केन्द्रित डा.चन्द्रकान्त रावत ‘सिके’ नेतृत्वको जतमत र रेशम–रञ्जिता चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीच एकता प्रयास ओझेलमा परेको छ । नाउपाका संस्थापक अध्यक्ष रेशम र रञ्जिताको आन्तरिक विवादले पार्टी एकता प्रयास ओझेलमा परेको हो । 

जनमत पार्टीको गत फागुन २६ गते बसेको केन्द्रीय समिति बैठकले नाउपासँग पार्टी एकताका लागि कार्यदल नै गठन गरेको थियो । उक्त कार्यदलले विचार मिल्नेसँग पार्टी एकता गर्न सक्ने बताएको छ । 

कार्यदलमा अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी रहेका छन् । कार्यदलले बारम्बार पार्टी एकता प्रयास गर्दा पनि नाउपाबाट निर्णायक जवाफ नआएको खान बताउँछन् । उनी भन्छन्, ‘हामी पार्टी एकता प्रयासमै छौँ । यसका लागि नाउपाले हालसम्म निर्णायक जवाफ पठाएको छैन । यदि निर्णायक जवाफ आएमा हामी तुरुन्तै एकताका लागि अगााडि बढ्छौँ ।’

नाउपाले भने केन्द्रीय समितिको बैठक बोलाएर छलफल पश्चात् निष्कर्षमा पुग्ने बताएको छ । ‘हाम्रो संसदीय दलको बैठक बसिसकेको छ । लगत्तै केन्द्रीय समितिको बैठक बोलाएर पार्टी एकताका लागि छलफल गर्छौँ,’ नाउपा सांसद गंगाराम चौधरीले भने, ‘त्यसभन्दा पहिले हामीले आन्तरिक छलफल गरेपनि निष्कर्षमा पुगिसकेका छैनौँ ।’

नाउपा रञ्जिता पक्षका एक नेताका अनुसार रेशम जनमत पार्टीसँग एकताका लागि तयार भएपनि रञ्जिता तयार नभएको बताउँछन् । रञ्जिताको भनाइ उद्धृत गर्दै उनी भन्छन्, ‘नागरिक उन्मुक्ति पार्टी २०७९ को आमनिर्वाचनबाट उदाएको पार्टी हो । हाम्रा राजनीतिक एवं वैचारिक मतभेद जनमतसँग छन् । ती मतभेदमा सतही छलफल गरेर रेशमजीले पार्टी एकाएक एकता गर्ने हल्ला फैलाउनुभयो । यसमा हाम्रा विमति छन् ।’ 

उता नाउपा रेशम–रञ्जिताको आन्तरिक कलहले यता डा.रावत अलमलमा परेका छन् । पार्टी एकताका लागि सबै तयारी पूरा भएपनि रेशम दम्पतीको किचलोले एकता धरापमा परेको जनमतको आशंका छ । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट