Techie IT
२०८२ असोज ८, बुधबार

राजावादीको शक्ति प्रदर्शनले कांग्रेस–एमालेभन्दा माओवादी थर्कमान, देख्यो खतराका तीन संकेत


काठमाडौं । गत आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह, राप्रपा र उनका समर्थकहरूले काठमाडौंमा भव्य प्रदर्शन गरेका छन् । उक्त प्रदर्शनमा हजारौँ जनता सडकमा ओर्लिएर तत्कालीन सरकार र व्यवस्थाविरुद्ध चर्को नारा लगाएका थिए । 

त्यसलगत्तै नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी– तराई–मधेस जागरण अभियान’ केही दिनका लागि स्थगित गरेर प्रचण्डसहित पार्टीका शीर्ष नेताहरू काठमाडौं फर्किए । काठमाडौं फर्किएलगतै माओवादी पार्टी सचिवालय बैठक आह्वान गरिएको थियो । उक्त बैठकले काठमाडौंमा गणतन्त्रवादीहरू मिलेर शक्ति प्रदर्शन र विरोधका कार्यक्रम गर्ने तय गरेको छ । 

केही दिनयता समाजवादी मोर्चालाई पनि सक्रिय बनाइएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको उक्त मोर्चाको शुक्रबार बसेको बैठकले काठमाडौंमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले समसामयिक राजनीतिक परिस्थिति, यसअघि घोषित कार्यक्रमको व्यवस्थापन र आगामी कार्यक्रमबारे छलफल गरेको हो । 

यसका साथै चार दलीय मोर्चाले तीन विषयमा राजावादीबाट खतरा रहेकाले समेत निष्कर्ष निकालेको छ । नेपाली जनताले फालिसकेको प्रतिगामी शक्तिले फेरि टाउको उठाउने कोसिस गरेकाले चैत १५ गते वृहत् विरोधसभा राखिएको मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।

उनले भने, ‘देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरू षड्यन्त्रमुलक ढंगले लागेको बैठकले निष्कर्ष निकालेको छ । प्रतिगामी शक्तिविरुद्ध सशक्त प्रतिरोध गर्नका लागि वृहत् विरोध सभा गर्ने निर्णय गरेका छौँ ।’ 

पछिल्लो समय राजावादीहरूले शक्ति प्रदर्शन र विभिन्न गतिविधिहरू गर्दै आएका छन् । उनीहरू मूलतः वर्तमान व्यवस्था र प्रधानमन्त्री केपी शर्मा ओली सरकारको रवैयाविरुद्ध उत्रेको दाबी गर्दै आएका छन् । 

यस्तो अवस्थामा पनि सत्तारूढ नेपाली कांग्रेस र नेकपा (एमाले)ले कुनै कदम उठाएको छैन । उसले यसबारेमा कुनै छलफल नै चलाएको छैन भने माओवादी र समाजवादी मोर्चाले सार्वजनिक गरेका विभिन्न विरोधका कार्यक्रममा पनि हालसम्म ऐक्यवद्धता जनाएका छैन । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट