Techie IT
२०८२ असोज ७, मंगलबार

राष्ट्रियसभाको बैठक सूचना टाँस गरी स्थगन


आज साँझ ५ बस्ने गरी तय भएको राष्ट्रियसभाको दोस्रो बैठक सूचना टाँस गरी स्थगन भएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेपछि आइतबार दिउँसो १२ बजेर १५ मिनेटमा अर्को बैठक बस्ने निर्धारण गरिएको जानकारी दिएका छन् ।

राष्ट्रियसभा नियमावली र प्रतिनिधिसभा नियमावली बाझिएको भन्दै राष्ट्रियसभा आजको बैठक १५ मिनेटका लागि स्थगन भएको थियो । त्यसपछि ३ः३० बजे बस्ने भनिएको बैठक बस्न सकेको थिएन ।

प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रियसभा नियमावली, २०७५ र प्रतिनिधिसभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै सांसद रेणु चन्दले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ९३ मा अध्यादेशमार्फत ल्याइएको विधेयकलाई प्रतिस्थापन विधेयकका रूपमा संसद्मा ल्याउनुपर्ने भए पनि ‘प्रतिस्थापन विधेयक’ भन्ने शब्द नराखिएकाले छलफल हुन नसक्ने भन्दै नियमापत्ति गरेका थिए ।

आजको बैठक स्थगन भएकाले कार्यसूचीमा रहेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत हुन सकेन ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट