Techie IT
२०८३ असार २७, शनिबार

राजावादी आन्दोलनबारे कांग्रेसको आकस्मिक बैठक आजै बस्दै


काठमाडौंमा शुक्रबार राजावादी समूहले गरेको अराजक गतिविधिपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू आजै समीक्षा बैठक बस्ने भएका छन्।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो साढे चार बजे पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बस्ने तय भएको कांग्रेसका एक नेताले रैवारप्रेस सँग जानकारी दिएका छन् ।

"आज बिहानै बैठक बोलाउने तयारी थियो, तर सभापति देउवाको भैरहवा जाने कार्यक्रम भएकाले अपराह्न मात्रै बैठक बस्ने तय भएको हो," ती नेताले भने। "उहाँ फर्केपछि बैठक सुरु हुनेछ।"

नेपाली लेखक संघको कार्यक्रममा सहभागी हुन सभापति देउवासहित महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा भैरहवा जाने तय भए पनि शुक्रबारको घटनाका कारण महामन्त्रीद्वयले उपत्यका नछाड्ने निर्णय लिएको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट