Techie IT
२०८२ जेष्ठ २, शुक्रबार

दाहालको ‘प्रचण्ड दबाब’पछि पुनः दल नेता बने खगराज भट्ट


डडेल्धुरा, ३ जेठ — झण्डै १५ महिनाको अन्तरालपछि खगराज भट्ट फेरि नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा पुनःवहाली भएका छन्। हिजो बिहीबार राति डडेल्धुरामा बसेको दलको बैठकले भट्टलाई सर्वसम्मत रूपमा दलको नेता बनाउने निर्णय गरेको हो।

यो निर्णय माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रिय हस्तक्षेपपछि मात्र सम्भव भएको हो। बैठकमा प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, नन्दकिशोर पुन ‘पासाङ’ र महासचिव देव गुरुङ समेत सहभागी थिए। १२ माघ २०८० मा उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बहुमत सांसदहरूको बैठकले भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेतामा चयन गरेको थियो । 

त्यसयता दल दुई भागमा विभाजित रहँदै आएको थियो। भट्ट पार्टी स्थायी कमिटी सदस्यसमेत हुन्, तर पनि प्रदेश संसदीय दलले प्रचण्डका पाँच पटकका लिखित र मौखिक निर्देशनहरूलाई टेरेन । धामीपक्षले आफुहरुसँग बहुमत रहेकाले भट्टलाई बहुमत बनाएर दलको नेता हुन चुनेती दिइरहे। अन्ततः प्रचण्डले स्वयं सुदूरपश्चिम पुगेर आफ्नै उपस्थितिमा बैठक राखेपछि बल्ल भट्टको पुनरागमन सम्भव भएको हो । हिजोको बैठकमा सहभागी प्रदेशसभा सदस्य शिवसिंह वलीका अनुसार, ‘दल नेता परिवर्तन गर्न पार्टीको प्रदेश इन्चार्जसमेत फेर्नुपर्ने’ भन्दै केही सांसदले आपत्ति जनाएका थिए । 

तर अध्यक्ष प्रचण्डले दलसँग सम्बन्धित विषय मात्रै छलफल गर्न निर्देशन दिएपछि सबै सदस्य सहमत भएका थिए ।

धामी समूहका सांसदहरूले बैठकमै प्रचण्डलाई, “खगराज भट्टले कार्यशैली सुधार नगरे पुनः बहुमत प्रयोग गरेर असारमै निर्णय उल्ट्याउन सक्छौं।” भनि चेतावनी समेत दिएका थिए ।

भट्टमाथि मनोमानी, छलफल नगरी निर्णय लिने, मन्त्री चयनमा स्वेच्छाचारिता गरेको जस्ता आरोप पनि धामी पक्षका सांसदहरूले लगाएका थिए । बैठकमा उपस्थित धामी पक्षका सांसद अक्कल रावलले भट्ट पक्षका माननीयहरू प्रदेश सभामा उपस्थित नहुने गरेको, पार्टीको गतिविधिमा सामेल हुने नगरेको  भनि प्रचण्डको अगाडि आरोप लगाइरहेका बेला खगराज भट्ट पक्षीय माननीय जानकी कुँवरले जबाफ फर्काएकी थिइन् । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट