Techie IT
२०८२ फागुन १२, मंगलबार

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण चाँडै अघि बढ्छ: मन्त्री पौडेल


 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सप्तरीमा निर्माणाधीन रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको काम चाँडै सुरु गरिने बताएका छन्। 

राजविराज–१० विरौलमा रहेको प्रतिष्ठानको जग्गा निरीक्षण गर्ने क्रममा मन्त्री पौडेलले सरकार प्रतिष्ठानलाई व्यवस्थित बनाउन आवश्यक संरचना निर्माणमा सक्रिय भएको उल्लेख गरे।

मन्त्री पौडेलका अनुसार प्रतिष्ठानमा स्नातक तह (एमबिबिएस) का विद्यार्थीलाई शिक्षा दिने लक्ष्यसहित पूर्वाधार निर्माण गरिँदैछ। “आवश्यक जग्गाको व्यवस्थापन भइसकेको छ। अब बोलपत्र प्रक्रिया अघि बढाएर काम छिट्टै सुरु गरिनेछ,” मन्त्री पौडेलले भने।

प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिका अध्यक्ष डा. पशुपति चौधरीले यस वर्ष ४० करोड बजेट छुट्याइए पनि बोलपत्र आह्वान हुन नसकेकोमा सरकारको ध्यानाकर्षण गराएका छन्।

राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय विसं २०७५ पुसमा मन्त्रिपरिषद्ले गरेको थियो। २०७८ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिष्ठानको शिलान्यास गरेका थिए, जसका लागि ६२ बिघा जग्गा ३० वर्षका लागि भाडामा उपलब्ध गराइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट