Techie IT
२०८२ असार ३, मंगलबार

‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत १६ हजार छोरीको बिमा


मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत हालसम्म १५ हजार ९५३ छोरीको बिमा गरिसकेको छ। महिला सशक्तीकरण र सामाजिक सुदृढीकरणका लागि यो अभियान मधेस प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा सञ्चालन गरिएको छ।

शिक्षा विकास निर्देशनालयका अनुसार, यो बिमाका लागि अहिलेसम्म ५९ करोड ७५ लाख रुपैयाँ खर्च भएको छ। आर्थिक, शैक्षिक र सामाजिक रूपमा पछि परेका छोरीहरूको उत्थानका लागि यो कार्यक्रम प्रभावकारी भएको निर्देशनालयका सूचना अधिकारी किशोरी कापरले जनाएका छन्।

अभियान अन्तर्गत छोरी शिक्षाका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन् जसमा साइकल वितरण, छात्रामैत्री शौचालय निर्माण, लोकसेवा तयारी कक्षा, सेनेटरी प्याड वितरण र छात्रवृत्तिको व्यवस्था सामेल छन्। तर, हाल यो अभियान अन्तर्गत मुख्यतया छोरी शिक्षा बिमा कार्यक्रम मात्र प्रभावकारी रूपमा सञ्चालन भइरहेको छ।

२०७८ माघ १ गतेपछि जन्मिएका प्रत्येक बालिकाका लागि रु ३७,४५७ को बिमा गरिएको छ, जुन २० वर्षपछि बीमित किशोरीले रु तीन लाख प्राप्त गर्नेछन्। तर, यो रकम पाउन छोरीले कक्षा १२ सम्म अध्ययन गर्नुपर्ने र २० वर्ष अगाडि विवाह नगरेको हुनुपर्ने प्रावधान छ।

बिमासम्बन्धी अन्य कार्यक्रमको अनियमितता र छानबिनपछि शिक्षा विकास निर्देशनालयले यो कार्यक्रमको सञ्चालन जिम्मा लिएको छ भने अनियमितताको कारण साइकल वितरण कार्यक्रम रोकिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट