Techie IT
२०८३ असार २३, मंगलबार

बाँझो जमिनलाई उपयोग गर्दै सुन्तलाखेतीतर्फ किसानको आकर्षण


बाँझो जमिनको सदुपयोग गर्दै सुन्तलाखेती गर्ने किसानहरूको संख्या बढ्दो छ। तनहुँको म्याग्दे गाउँपालिका–१ का मोहन रानाभाटले जङ्गल बनेको पुख्र्यौली जमिन सफा गरेर नौ रोपनी क्षेत्रमा सुन्तलाखेती थालेका छन्। पानी अभावका कारण गाउँ छोड्नुपरे पनि उनले कम पानीले हुने खेतीका रूपमा सुन्तलालाई रोजेका हुन्।

"कोभिड-१९ को बन्दाबन्दीपछि आफ्नै जमिनको सदुपयोग गर्नु पर्ने महसुस भयो," रानाभाटले बताए। कृषि ज्ञान केन्द्र तनहुँको हिलट्याङ्क अनुदानले सिँचाइको समस्या समाधान गर्न सहयोग पुगेको उनले जानकारी दिए।

यस्तै, व्यास नगरपालिका–१ का नारायण रानाभाटले पनि पुख्र्यौली बाँझो जमिनको उपयोग गर्दै सुन्तलाखेती थालेका छन्। कृषि ज्ञान केन्द्र तनहुँले झाडी बनेको जमिनलाई प्राथमिकता दिँदै सुन्तलाखेती विस्तारमा सहयोग गरेपछि किसानहरू यसतर्फ आकर्षित भएको केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले बताए।

गत आर्थिक वर्षमा जिल्लामा ५६०० सुन्तलाका बिरुवा रोपिएका थिए भने चालु आर्थिक वर्षमा पनि क्षेत्रफल वृद्धि हुँदै गएको छ। "साना बिरुवाको राम्रो हेरचाह गरेमा उत्कृष्ट उत्पादन लिन सकिन्छ," कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए।

तनहुँको विभिन्न गाउँबस्तीमा सुन्तलाखेती गर्ने क्रम तीव्र रूपमा बढिरहेको छ। आर्थिक वर्ष २०८०/८१ मा ११,५१८ मेट्रिकटन सुन्तला उत्पादन भएको छ, जसले किसानलाई आम्दानीको नयाँ बाटो खोलिदिएको छ।

कृषि ज्ञान केन्द्रका अनुसार, राष्ट्रिय फलको रूपमा सूचीकृत सुन्तलाको खेतीले तनहुँलाई सम्भावनायुक्त कृषि क्षेत्रको रूपमा उभ्याउने सम्भावना छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट