फेसबुक डाउन: डेस्कटप प्रयोगकर्ता मर्कामा, समस्या समाधान गर्न मेटाको कसरत
लोकप्रिय सामाजिक सञ्जाल फेसबुकमा विश्वव्यापी रूपमा अचानक प्राविधिक समस्या (डाउन) देखिएको छ। विशेष गरी डेस्कटप अर्थात् वेब ब्राउजरमार्फत फेसबुक चलाउने प्रयोगकर्ताहरूले यो समस्या बढी भोगिरहेका छन्।
फेसबुकका विभिन्न पेज तथा व्यक्तिगत खाता (प्रोफाइल) हरू खोल्ने प्रयास गर्दा स्क्रिनमा ‘अस्थायी रूपमा उपलब्ध छैन’ (Temporarily Unavailable) भन्ने सन्देश देखा परिरहेको छ।
फेसबुकमा देखिएको उक्त सन्देशमा भनिएको छ:- “तपाईंको खाता अस्थायी रूपमा उपलब्ध छैन। वेबसाइटमा आएको प्राविधिक समस्याका कारण यो समस्या देखिएको हो। हामी यसलाई चाँडै समाधान गर्ने प्रयास गरिरहेका छौँ। कृपया केही मिनेटपछि पुनः प्रयास गर्नुहोला।”
फेसबुक लगइन र न्युज फिड लोड नहुने यो समस्या किन र के कारणले आएको हो भन्नेबारे फेसबुकको मातृ कम्पनी 'मेटा'ले हालसम्म कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। यद्यपि, ब्याकइन्डमा प्राविधिक टोलीले समस्या समाधानका लागि काम सुरु गरिसकेको अनुमान गरिएको छ।
प्राविधिक विज्ञहरूले प्रयोगकर्ताहरूलाई केही समय धैर्य गर्न, बारम्बार लगइन गरेर अकाउन्ट 'ब्लक' नगर्न तथा आधिकारिक जानकारीका लागि मेटाको अर्को सूचना प्रतीक्षा गर्न सुझाव दिएका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस