Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

जेन-जी आन्दोलनमा ज्यान गुमाएका श्रेष्ठ थिए घरका एक्ला धुरी


जेन-जीहरूको आन्दोलनका क्रममा सोमबार दिउँसो प्रहरीले चलाएको गोली लागी मृत्यु भएका विद्यार्थी सुलभराज श्रेष्ठ नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी रहेको खुलेको छ।

काठमाडौंस्थित इञ्जिनियरिङ कलेजमा सिभिल इञ्जिनियरिङ अध्ययनरत २१ वर्षीय श्रेष्ठ भेरी बोर्डिङ स्कुलका सञ्चालक नरेन्द्र श्रेष्ठका छोरा हुन्। केही साताअघि मात्र परीक्षा दिन घरबाट काठमाडौं आएका उनी सोमबार आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर ज्यान गुमाएका हुन्।

बुवाआमाको आशा, परिवारको गर्व र साथीहरूको आदर्श बनेका सुलभको असामयिक निधनले परिवारलाई शोकाकुल बनाएको छ। आमाबाबुले उनलाई भविष्यको भर मान्दै आएका थिए।

आफ्नो छोराको निधनको खबर सुनेपछि आमा विनिता श्रेष्ठ निरन्तर बेहोस भएकी छन् भने पिता नरेन्द्र श्रेष्ठ छोराको शव बुझ्न काठमाडौं पुगेका छन्। नेपालगञ्जस्थित घरमा आफन्त र छिमेकीहरूको भीड लागेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट