Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

बझाङी समाज काठमाडौंद्वारा ‘बझाङको विकासका सम्भावना’ विषयक गोष्ठी आयोजना हुदैँ


काठमाडौं । बझाङी समाज काठमाडौंले जिल्लाको विकासका सम्भावना र चुनौतीबारे बहुआयामिक विचार गोष्ठी गर्ने भएको छ। आगामी असोज २५ गते ललितपुरस्थित रीड नेपालको हलमा कार्यक्रम आयोजना गरिने समाजले जनाएको छ।

गोष्ठीको उद्देश्य जिल्लाको राजनीतिक, सामाजिक र आर्थिक विकासका आयाम, अनुभव, आवश्यकता तथा आगामी कार्यभार र रणनीति बारे विस्तृत छलफल गर्नु रहेको समाजका सचिव दोरेन्द्र थापाले बताएका छन् ।

कार्यक्रममा बझाङका जनप्रतिनिधि, विभिन्न क्षेत्रका विज्ञ, सरोकारवाला तथा बौद्धिक व्यक्तिहरूको उपस्थित रहने समाजले जनाएको छ।

थापाका अनुसार बझाङमा हाल ४–५ सय मेगावाट क्षमताका जलविद्युत आयोजना अगाडि बढिरहेका छन्। साथै, नेपालकै प्रसिद्ध खप्तड राष्ट्रिय निकुञ्जमा प्रमुख प्रवेश मार्ग बझाङ हुँदै हुने भएकाले पर्यटन उद्योगका प्रशस्त सम्भावना रहेको उनको भनाइ छ।

गोष्ठी दिउँसो १ बजे सुरु हुने र छलफलपछि ठोस सुझाव तथा कार्ययोजना तयार पारिने समाजले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट