पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध
पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ। सडक मर्मतको लागि एकतर्फी सञ्चालन गरिएको यो मार्ग आज बिहानदेखि परेको वर्षाका कारण अवरुद्ध भएको छ ।
नेपालका अनुसार, दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक हिलो र चिप्लो भएकाले सवारीसाधन पश्चिमतर्फ जान सकिरहेका छैनन्। उनले भने, “दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसक्दा जाम रोक्न प्रहरीले व्यवस्था मिलाएको छ।”
हाल नेपालमा बंगालको खाडी र अरब सागरमा विकसित चक्रवातको प्रभाव परेको छ। खाडीमा विकसित प्रणाली पूर्वतिरबाट र अरब सागरको प्रणाली पश्चिम नेपालतिर प्रवेश गरेकोले देशका धेरै स्थानमा वर्षा भइरहेको छ।
कोशी प्रदेश र मधेश प्रदेशका केही क्षेत्रमा आज र भोलि भारी वर्षा हुने प्रक्षेपण गरिएको छ। ठूलो वर्षा हुने भएकाले स्थानीय प्रशासन र सरोकारवालाहरूले सतर्क रहन सबैलाई आग्रह गरेका छन्।



तपाईको प्रतिक्रिया दिनुहोस