Techie IT
२०८३ असार २६, शुक्रबार

अविरल वर्षाले देशभरका यी राजमार्ग अवरुद्ध


File Photo

हिजो बिहानदेखि लगातार परेको वर्षाका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। प्रहरीका अनुसार कोशी प्रदेशका चार, बागमती प्रदेशका छ, गण्डकी प्रदेशका दुई र कर्णाली प्रदेशको एक राजमार्ग पूर्ण रूपमा बन्द भएका छन्।

कोशी प्रदेशमा कोशी राजमार्ग, मेची राजमार्ग, तमोर कोरिडोर सडकखण्ड र सिद्धिचरण लोकमार्गमा आवागमन पूर्ण रूपमा रोकिएको छ। बागमती प्रदेशमा भने बिपी राजमार्ग, नेपाल–चीन नाका जोड्ने पुल, पासाङ ल्हामु सडकखण्ड, मध्यपहाडी लोकमार्ग, र नारायणगढ–मुग्लिङ सडकखण्डमा सवारी आवागमन बन्द भएको छ।

गण्डकी प्रदेशमा जोमसोम–कोरोला सडकखण्ड र बेनी–दरबाङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन्। कर्णाली प्रदेशमा भेरी कोरिडोर सडकखण्ड पहिरोका कारण बन्द भएको छ।

यसैबीच, लुम्बिनी प्रदेशको सन्धिखर्क–गोरुसिङ्गे सडकखण्डमा भने एकतर्फी रूपमा सवारी आवागमन सुचारु गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट