Techie IT
२०८३ जेष्ठ १, शुक्रबार

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने व्यक्ति पक्राउ


वैदेशिक रोजगारीको लागि विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ५२ वर्षीय शम्भु दयाल अग्रवाल पक्राउ परेका छन्। अग्रवाल ललितपुर महानगरपालिका–४ बस्ने र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ घर भएका हुन्।

उनले पीडितहरूलाई विदेश पठाइदिने भन्दै जम्मा १४ करोड १३ लाख रुपैयाँ उठाएर पछिल्ला दिनमा सम्पर्कविहीन भएको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा, ललितपुरबाट खटिएको टोलीले आइतबार अग्रवाललाई ललितपुर–४ बाट पक्राउ गरेको हो।

पक्राउ परेका अग्रवाललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा पठाइएको प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट