Techie IT
२०८२ माघ २५, आइतबार

मोरङमा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी


मोरङमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ भने अर्का फरार रहेको छ।

मिक्लाजुङ गाउँपालिका–१ कोलबोटे बस्ने ५० वर्षीय गणेश ‘गणित’ राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उक्त घटना सम्बन्धी उजुरीको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले घटनामा संलग्न दुईमध्ये गणेश राईलाई पक्राउ गरेको जानकारी दिएको छ। फरार रहेको ३० वर्षीय रोमन राईको खोजी कार्य जारी छ।

प्रहरीले बालिकामाथि भएको जबरजस्ती करणीको घटनासँग सम्बन्धित आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट