थापाथलीका घरविहिन सुकुम्बासीलाई सुन्दरीघाट लगियो
थापाथलीस्थित सुकुम्बासी बस्ती सरकारले हटाएको छ।
अव्यवस्थित बस्ती खाली गराउँदा आफूलाई घरवारविहीन बताउनेमध्ये १३ जनालाई राधास्वामी सत्संग, सुन्दरीघाटमा राखिएको शिक्षामन्त्रीको सचिवालयले जनाएको छ।
त्यस्तै, परिवारसँग पुनर्मिलन नभएका ८ जना हाल दशरथ रङ्गशालामा परिवार नआउन्जेल बसिरहेका छन्। यसैबीच, सरकारी टोलीले दशरथ रङ्गशालामा सुकुम्बासीहरूको विवरण सङ्कलन गरिरहेको छ। आफूहरू घरबारविहीन भएको भन्दै सम्पर्कमा आउनेको सङ्ख्या क्रमशः बढ्दै गएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस