Techie IT
२०८३ असार ८, सोमबार

बीपी राजमार्ग अन्तर्गत खुर्कोट–भकुण्डेबेँसी खण्डमा आवागमन रोक


बीपी राजमार्ग अन्तर्गत खुर्कोट–भकुण्डेबेँसी खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सूचना जारी गर्दै रोशी खोलामा आएको बाढीका कारण क्षतिग्रस्त भई हाल निर्माणाधीन अवस्थामा रहेको उक्त खण्डमा आज बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको जनाएको छ।

यसका साथै, उक्त समयपछि पनि वर्षा, सम्भावित बाढी तथा मौसमको अवस्थालाई ध्यानमा राख्दै आवश्यक परे जुनसुकै बेला सडक आवागमन पुनः रोक्न सकिने प्रशासनले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट