Techie IT
२०८३ जेष्ठ २३, शनिबार

डिभोर्सको तयारीमा रहेका 'नेपाली ब्रो' द्वारा श्रीमतीको निर्मम हत्या


'नेपाली ब्रो' नामले परिचित कुमार थापामगरले आफ्नी पत्नी ईश्वरी भुजेलको रड प्रहार गरी निर्मम हत्या गरेका छन्। घरायसी विवादका क्रममा थापाले पत्नी भुजेलको हत्या गरेको प्रहरीले जनाएको छ।

प्रहरी वृत्त बालाजुका अनुसार श्रीमान्‌-श्रीमतीबीच लामो समयदेखि विवाद चल्दै आएको र उनीहरू अदालतबाट सम्बन्धविच्छेद (डिभोर्स) गर्ने अन्तिम तयारीमा थिए। सोही विवाद उत्कर्षमा पुग्दा शुक्रबार राति यो दुःखद घटना भएको हो।

थापाले शुक्रबार राति सवा १० बजेतिर तारकेश्वर नगरपालिकास्थित लोलाङमा बाहिरबाट घर फर्किँदै गरेकी पत्नी भुजेलमाथि फलामको रडले घातक प्रहार गरेका थिए। रड प्रहारबाट गम्भीर घाइते भएकी भुजेलको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टीचिंग) मा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

भर्खरको अपडेट: हत्या आरोपी कुमार थापामगरलाई बालाजु प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट