Techie IT
२०८३ श्रावण १२, मंगलबार

गैँडाकोटको अकलामाई मन्दिर नजिक अचेत भेटिएका दुई महिलाको मृत्यु


सांकेतिक

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१० स्थित अकलामाई मन्दिर नजिकै अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेहरूमा बागलुङको जैमिनी नगरपालिका–९ घर भई हाल गैँडाकोट–१२ हर्कपुरमा डेरा गरी ज्याला मजदुरी गर्दै आएकी ३८ वर्षीया कविता राई र भोजपुर घर भई हाल गैँडाकोट–१० पितौजीस्थित गाई फार्ममा काम गर्दै आएकी करिब ४५ वर्षीया कान्छी राई रहेका छन्।

पूर्व–पश्चिम राजमार्गको बायाँपट्टि मन्दिर नजिकैको चौरमा दुई महिला अचेत अवस्थामा रहेको सूचना पाउनासाथ खटिएको प्रहरी टोलीले उनीहरूको तत्काल उद्धार गरेको थियो। उनीहरूलाई उपचारका लागि भेडाबारीस्थित नगर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले दुवैलाई मृत घोषणा गरेका हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूले अत्यधिक मदिरा (मापसे) सेवन गरेको स्थानीयले बताएका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट बियरका बोतल र कुरमुरेका खाली प्याकेटहरू फेला परेका छन्। मृतकहरूको शरीरमा कुनै पनि बाह्य चोटपटक नदेखिएको र मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्टपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट