जनआस्था कार्यालयमा प्रहरीको छापा
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउलगत्तै आज बिहानै प्रहरीको टोलीले उक्त पत्रिकाको कार्यालयमा छापा मारेको छ ।
जनआस्थाका कर्मचारीहरूका अनुसार, कार्यालयमा पुगेको प्रहरी टोलीले सम्पादक श्रेष्ठको कार्यकक्ष र समाचार कक्षमा प्रवेश गरी खानतलासी गरेको छ । यसअघि गए राति घरबाटै पक्राउ परेका श्रेष्ठको निवासमा राति १ बजे नै प्रहरी टोली पुगेर छापा मारेको थियो ।
सम्पादक श्रेष्ठलाई मध्यराति पक्राउ गरिएको विरोधमा नेपाल पत्रकार महासंघ लगायत विभिन्न पत्रकार संघसंस्थाहरूले राति नै प्रहरी कार्यालयमा धर्ना दिएका थिए । चौतर्फी विरोधका बाबजुद प्रहरीले आज बिहानै श्रेष्ठको कार्यालयमा समेत छापा मारेको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस