Techie IT
२०८३ भाद्र १९, शुक्रबार

सङ्खुवासभामा गोली हानेर शिक्षक राईको हत्या


Gun Fire

सङ्खुवासभामा गोली प्रहार गरी एक विद्यालयका शिक्षकको हत्या गरिएको छ। 

मकालु गाउँपालिका वडा नम्बर–१ स्थित चिर्खाङमा कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको गोली प्रहारबाट हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी कुमार मैनालीले रातोपाटीलाई घटनाको पुष्टि गरेका छन्।

प्रहरीका अनुसार बिहीबार साँझ घटेको यो घटनामा भरुवा बन्दुक प्रयोग भएको देखिएको छ। सदरमुकामबाट करिब १० घण्टाको दूरीमा रहेको उक्त दुर्गम घटनास्थलमा अहिले प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा टोली पुगिसकेको छ भने डीएसपी मैनाली पनि घटनास्थलतर्फ जाँदै छन्।

विद्यालय परिसरमै मृत अवस्थामा भेटिएका शिक्षक राईको शवको मुचुल्का उठाइसकिएको र पोष्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न व्यक्तिको पहिचान र हत्याको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट