Techie IT
२०८३ असार ३०, मंगलबार

अवैध लागूऔषध सहित तीन जना पक्राउ


 प्रहरीले काठमाडौं र झापामा छुट्टाछुट्टै घटनामा अवैध लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गामा प्रहरीले काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसलाई जाँच गर्ने क्रममा २८ वर्षीय कुमार थापालाई करिब ३१ ग्राम खैरो हेरोइन जस्तो देखिने लागू औषधसहित मंगलबार बिहान पक्राउ गरेको हो। नागढुङ्गा प्रहरी प्रभाग र लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई नियन्त्रणमा लिएको छ।

यस्तै, झापाको भद्रपुर नगरपालिका-५ मेची पुलबाट सिराहाका अनिष चौधरी (२०) र जिबछ चौधरी (२३) लाई ब्राउनसुगरजस्तो देखिने १ ग्राम ३२ मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको छ। भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई मेची पुल प्रहरी बिटको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट