Techie IT
२०८२ चैत्र ८, आइतबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर चङ्गा, ड्रोन र बेलुन उडाउन प्रतिबन्ध


काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षेत्र र त्यस आसपासका क्षेत्रमा अब चङ्गा, ड्रोन, बेलुन लगायत उडानका गतिविधिहरू निषेधित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले एक सूचना जारी गर्दै यस्तो निर्णय लिएको हो।

सूचनामा विमानस्थल वरपर उडान सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै यस्ता गतिविधिहरू तत्काल रोक्न आग्रह गरिएको छ। हवाई सुरक्षा र विमान उडानलाई प्रभावमुक्त बनाउन यस्ता गतिविधिहरू नगर्न चेतावनी दिइएको छ।

विमानस्थल नजिक चङ्गा, ड्रोन, बेलुन जस्ता वस्तुहरू उडाउँदा विमानको उडान र अवतरण प्रक्रियामा अवरोध आउनसक्ने खतरा हुन्छ। विशेष गरी, आधुनिक ड्रोनहरूका गतिविधिले हवाईजहाजको नेभिगेसन र सञ्चार प्रणालीमा गम्भीर असर पुर्याउन सक्ने सम्भावना छ।

सार्वजनिक सूचना अनुसार, यस्ता क्रियाकलाप गर्न वा गराउन पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ। यसमा सजायका रुपमा आर्थिक दण्ड वा कैदसम्मको सजाय हुनसक्ने प्रावधान रहेको बताइएको छ।

विमानस्थल नजिक चङ्गा उडाउनु सामान्य लाग्न सक्छ, तर विमानको उडान सुरक्षामा यस्तो सानो गतिविधिले पनि गम्भीर परिणाम निम्त्याउन सक्छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यस्ता घटनाहरू रोक्न हवाई क्षेत्रमा निगरानी थप कडा बनाउने जनाएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट