विद्युत् प्राधिकरणको श्वेतपत्र सार्वजनिक स्थगित, कुलमान घिसिङको कार्यकालका विषयहरू तत्काल सार्वजनिक नहुने

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गर्ने तयारी गरेको श्वेतपत्र अनिश्चितकालका लागि स्थगित भएको छ ।
पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भएका काम, आर्थिक अवस्था र प्राधिकरणको समग्र प्रगतिको विवरण समेटेर श्वेतपत्र ल्याउने तयारी थियो। तर, प्राविधिक कारण देखाउँदै श्वेतपत्र तत्काल नआउने सूचना प्राधिकरणभित्रका कर्मचारीलाई दिइएको छ ।
नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार सम्हालेपछि प्राधिकरणको आर्थिक अवस्था जटिल रहेको बताएका थिए । श्वेतपत्रमा चालु आर्थिक वर्षको फागुन महिनासम्म ठेक्कापट्टाका नाममा ११ अर्ब ६१ करोड रुपैयाँ बराबरको भुक्तानी दायित्व रहेको विवरण उल्लेख गरिएको स्रोतले जानकारी दिएको छ ।
हाललाई श्वेतपत्र रोकिएपछि पूर्व निर्देशक घिसिङको कार्यकालमा भएका निर्णय र योजनाबारे प्राधिकरणको औपचारिक धारणा आउन समय लाग्ने देखिएको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस