Techie IT
२०८२ चैत्र ८, आइतबार

काभ्रेमा अलपत्र परेका १४८ यात्रुको सशस्त्र प्रहरीद्वारा उद्धार, काठमाडौं ल्याइयो


फाइल फोटो

काभ्रे — काभ्रेका विभिन्न स्थानमा अविरल वर्षाका कारण अलपत्र परेका १४८ यात्रुलाई सशस्त्र प्रहरीको सहयोगमा सोमबार काठमाडौं ल्याइएको छ। शनिबारदेखि काभ्रेको धुलिखेल आसपासका क्षेत्रमा बाढी र पहिरोका कारण फसेका यी यात्रुलाई सशस्त्र प्रहरी बलको गाडीले उद्धार गरेको हो।

सशस्त्र प्रहरी बलका प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार, सोमबार बिहान बलहल्चोकबाट पठाइएका तीन वटा बसले धुलिखेलदेखि १५ किलोमिटर पूर्वको दाहाल डाँडाबाट ६५ जनालाई काठमाडौं ल्यायो। उद्धार गरिएका १३ जना महिला, ४९ पुरुष, र ३ जना बच्चा रहेका छन्।

त्यस्तै, नेपाली सेनाको हेलिकप्टरद्वारा धुलिखेलसम्म ल्याइएका ८३ जना यात्रुलाई पनि सशस्त्र प्रहरीको गाडीले काठमाडौं पु¥याएको हो। उद्धार कार्यमा नेपाली सेनाको हेलिकप्टर र सशस्त्र प्रहरीको तीन वटा बससहित सुरक्षा निकायका अन्य सदस्यहरू सक्रिय थिए।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट