Techie IT
२०८२ असोज १, बुधबार

सडक अवरुद्ध भएपछि दुई गर्भवतीको हेलिकप्टरबाट उद्धार


पाँचथर जिल्लामा बाढीका कारण सडक अवरुद्ध भएपछि अस्पताल जान नसकेका दुई गर्भवती महिलालाई आज हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ। फालेलुङ गाउँपालिका–३ का यी गर्भवतीहरूलाई गाउँपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो।

उद्धार गरिएको गर्भवतीहरू
उद्धार गरिएकी ३० वर्षीया सुजा जबेगू र १८ वर्षीया भूमिका चौहानलाई एक/एक जना सहयोगीसहित काठमाडौंको सुविधा सम्पन्न अस्पतालमा पठाइएको छ। फालेलुङ गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख सुरज पासवानका अनुसार सुजा जबेगूलाई सुत्केरी हुने समय पुगे पनि सडक अवरुद्ध भएपछि स्वास्थ्य संस्थामा जान नसकी घरमै बस्नु परेको थियो। 

अर्की गर्भवती भूमिका चौहानको पेटमा रहेको बच्चाको तौल कम भएकाले चिकित्सकहरूले उनलाई तुरुन्तै ठूलो अस्पताल लैजान सुझाव दिएका थिए।

अविरल वर्षाका कारण असार १२ गते आएको बाढीले फालेलुङ गाउँपालिका जोड्ने हेवा खोला र फेमे खोलाको पुल बगाएपछि सडक सम्पर्क विच्छेद भएको छ। सदरमुकाम फिदिम र मेची राजमार्गसँगको मुख्य सडकको सम्पर्क टुटेकाले गर्भवती महिलाहरूलाई सामान्य स्वास्थ्य सेवा पनि उपलब्ध गराउन कठिन भएको थियो।

स्थानीय प्रशासनले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत यी गर्भवतीहरूको उद्धार गरी अस्पताल पुर्‍याएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट