Techie IT
२०८२ भाद्र ३१, मंगलबार

होटल अन्नपूर्ण आईटीसी वेलकमको व्यवस्थापनमा नयाँ पाँचतारे होटल बन्ने


काठमाडौंको दरबारमार्गस्थित प्रतिष्ठित होटल अन्नपूर्णले ५७ वर्षको लामो समयदेखि नेपालको आतिथ्य क्षेत्रमा सेवा पुर्याउँदै आएको थियो। कोभिड महामारीपछि बन्द भएको होटलको स्थानमा नयाँ अत्याधुनिक पाँचतारे होटल बन्ने भएको छ । यसलाई भारतीय ब्रान्ड आईटीसी वेलकम होटल समूहले व्यवस्थापन गर्नेछ।

बिहीबार होटल अन्नपूर्ण स्क्वायर प्रालि र आईटीसी वेलकम होटल समूहबीच सात वर्षका लागि व्यवस्थापन सम्झौतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो। होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सृजना राणाले कोभिड महामारीका कारण सबै कर्मचारीलाई बिदाइ गर्नु परेको बताउँदै, नयाँ पुस्ताको मागअनुसार होटललाई पुनर्निर्माण गर्ने कठोर निर्णय लिएको बताइन्। राणाका अनुसार, होटल अन्नपूर्णलाई आधुनिक सुविधासहित पुनर्विकास गर्दै नेपालको आतिथ्य क्षेत्रमा एक नेतृत्वदायी भूमिका खेल्न तयार गरिएको छ।

नयाँ होटलमा ५० रोपनी क्षेत्रफलमा फैलिएको नेपालकै सबैभन्दा ठूलो सम्मेलन हल (कन्फ्रेन्स हल), ३१८ कोठा, र ३० वटा सर्भिस अपार्टमेन्टहरू हुनेछ। पुनर्निर्मित होटलको नाम 'होटल अन्नपूर्ण वेलकम' हुनेछ र यसको कुल लागत करिब १ अर्ब रुपैयाँ रहेको छ।

होटलको पुनर्निर्माणमा लिटिल एन्जल्स र भाटभटेनी समूहका मुख्य लगानीकर्ताहरू पनि सहभागी छन्। लिटिल एन्जल्सका उमेश श्रेष्ठ, भाटभटेनी समूहका अध्यक्ष मीनबहादुर गुरुङ, र अन्नपूर्ण होटलकी कार्यकारी निर्देशक सृजना राणा यस परियोजनाका प्रमुख लगानीकर्ताहरू हुन्।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट