Techie IT
२०८२ भाद्र ३१, मंगलबार

आदिनाथ मार्गमा बाढीले थुपारेको हिलो नेपाल प्रहरीले पन्छ्यायो


ललितपुर महानगरपालिका-१८ स्थित नख्खु खोला र बागमती खोलाको किनार नजिकको आदिनाथ मार्गमा हालैको वर्षा र बाढीले ल्याएको लेदो हिलोका कारण घर र सहायक मार्गहरूमा क्षति पुगेको थियो । आज नेपाल प्रहरीहरुले लेदो हिलो पन्छाएर सरसफाई गरेका छन्।

यस क्षेत्रमा भारी वर्षाले खोला आसपासको बस्ती र सडकमा ठूलो मात्रामा हिलो थुप्रिएको थियो, जसले आवागमनमा अवरोध पुर्याएको थियो। स्थानीयवासी र नेपाल प्रहरीको सहयोगमा मार्गको सरसफाई गरी प्रभावित क्षेत्रमा यातायात र जनजीवन पुन: सञ्चालनमा ल्याइएको छ।

प्राकृतिक प्रकोपबाट हुने क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा यस्तो अवस्थालाई रोक्न स्थानीय प्रशासन र सरोकारवालाहरूले अतिरिक्त सावधानी अपनाउने प्रतिवद्धता जनाएका छन्।

 

#Nepalpolice_in_Disaster



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट