ललितपुर क्विन्सको शानदार कमब्याक, चितवन शक्ति फाइनल दौडबाट बाहिर
File Photo
एभरेस्ट महिला भलिबल लिग अन्तर्गत शुक्रबारको खेलमा ललितपुर क्विन्सले चितवन शक्तिलाई ३-१ को सेटमा पराजित गर्दै फाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ। ललितपुरले पहिलो सेट गुमाएपछि उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितेको हो।
यो जितसँगै ललितपुर क्विन्सको ५ खेलमा १० अंक पुगेको छ र फाइनल दौडमा उनीहरूको सम्भावना अझै जीवित रहेको छ। फाइनलमा पुग्ने दुई टिमको टुंगो आज हुने अन्तिम खेलपछि मात्र लाग्नेछ।
यस हारले भने चितवन शक्ति लिगको फाइनल दौडबाट बाहिरिएको छ, जसले गर्दा उनीहरूको लिग यात्रा यहीँ समाप्त भएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस