Techie IT
२०८२ श्रावण ३१, शनिबार

बलात्कारको आरोपमा पाकिस्तानका युवा ब्याट्सम्यान हैदर अली पक्राउ


पाकिस्तानका युवा ब्याट्सम्यान हैदर अलीलाई इंग्ल्याण्डमा बलात्कारको आरोपमा पक्राउ गरिएको छ। घटनाको जानकारी हालै सार्वजनिक भएको हो।

टेलिकम एसिया स्पोर्ट्सको रिपोर्ट अनुसार २४ वर्षीय हैदर अली पाकिस्तान ए टिम (पाकिस्तान शाहिन) का सदस्य हुन्। उनी गत ३ अगस्टमा क्यान्टरबरी मैदानमा मेलबर्न क्रिकेट क्लब टिमविरुद्धको खेलमा सहभागि थिए। खेलपछि ग्रेटर म्यानचेस्टर प्रहरीले उनलाई सोही दिन मैदानबाटै पक्राउ गरेको थियो।

पक्राउपछि हैदरलाई जमानतमा रिहा गरिएको भए पनि उनको राहदानी जफत गरिएको छ र उनी देश छोड्न पाउने छैनन्।

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले पनि हैदर अलीलाई अनुसन्धान पूरा नभएसम्मका लागि निलम्बन गरेको छ। पीसीबीका एक प्रवक्ताले भने, “हामीलाई गिरफ्तारीको जानकारी दिइएको थियो। हैदरलाई अनुसन्धान पूरा नभएसम्म निलम्बन गरिएको छ र बेलायतमा पनि हाम्रो आफ्नै अनुसन्धान हुनेछ। बोर्डले यस कठिन समयमा हैदरलाई कानुनी सहयोग गर्नेछ।”

रिपोर्टअनुसार हैदरमाथि लगाइएको बलात्कारको आरोप लगाउने युवती पाकिस्तानी मूलकी रहेको बताइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट