Techie IT
२०८३ असार २५, बिहीबार

नेपालले अन्तिम मिनेटको निर्णायक गोलमा साउदी अरेबियालाई हरायो


एएफसी महिला यू–२० एसिया कप २०२६ छनोटअन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई १–० ले हराएको छ।

शुक्रबार भुटानको चाम्लिमिथाङ रंगशालामा भएको खेलमा अन्तिम मिनेटमा सुक्रिया मियाँले निर्णायक गोल गर्दै नेपालको जित सुनिश्चित गरिन्। यस जितसँगै नेपालले समूहमा पहिलो तीन अंक जोडेको छ।

पहिलो हाफमा नेपालले पाएको पेनाल्टी अवसर सदुपयोग गर्न सकिनन्। मीना देउवाले प्रहार गरेको पेनाल्टीलाई साउदी गोलरक्षकले सफलतापूर्वक रोके।

समूहको पहिलो खेलमा नेपाल भुटानसँग १–१ को बराबरीमा रोकिएको थियो। अब, नेपालले आइतबार उत्तर कोरियासँग प्रतिस्पर्धा गर्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट