Techie IT
२०८२ श्रावण २९, बिहीबार

२७ मिलियन डलरको धक्का, क्रिस्टल प्यालेस युरोपा लिगबाट बाहिर


प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले यस सिजनमा युरोपा लिग खेल्न नपाउने भएको छ ।

क्लबको स्वामित्वको विषयमा युरोपियन फुटबल फेडेरेसनले क्रिस्टल प्यालेसलाई लगाएको प्रतिबन्धको अपिल पनि अस्वीकार भएको छ । फेडेरेसनले लगाएको प्रतिबन्धको विरुद्ध क्रिस्टल प्यालेसले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्समा गरेको अपिल खारेज भएको छ । अब क्रिस्टल प्यालेसले युरोपीयन कन्फेरेन्स लिग खेल्ने भएको छ । क्रिस्टल प्यालेसले युरोपा लिगमा आफ्नो स्थान बनाएपनि फेडेरेसनले कन्फेरेन्स लिगमा डिमोसन गरेको थियो ।

फेडेरेसनले क्रिस्टल प्यालेसले मल्टी क्लब वनरसिपको नियम उलंघन गरेको आरोप लगाउदै कारवाही गरेको थियो । यस निर्णयबाट क्रिस्टल प्यालेसले करिब २७ मिलियन डलर गुमाउने भएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट