Techie IT
२०८३ भाद्र २६, शुक्रबार

वेस्ट इन्डिजविरुद्ध खेल्न नेपाली क्रिकेट टोलीलाई यूएईले दियो भिसा


वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक ट्वान्टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई युनाइटेड अरब इमिरेट्स (यूएई)ले भिसा प्रदान गरेको छ। यसअघि रोकिएको भिसा आज दिइएको नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिए।

पूर्वनिर्धारित तालिकाअनुसार नेपाली टोली शुक्रबार (असोज ३) नै यूएई प्रस्थान गर्ने तय भए पनि भिसा नपाउँदा समस्या भएको थियो। क्यानले बिहीबारै बिदाइ कार्यक्रमसमेत आयोजना गरेको थियो।

लामाले भने, “सन् २०२५ सेप्टेम्बर २७ देखि ३० सम्म यूएईमा हुने ‘युनिटी कप’ टी–२० अन्तर्राष्ट्रिय शृंखलाका लागि नेपाली राष्ट्रिय टोलीको भिसा प्राप्त भएको छ। टोली असोज ६ गते यूएई प्रस्थान गर्ने कार्यक्रम रहेको छ।”



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट