Techie IT
२०८३ भाद्र २६, शुक्रबार

नेपालले दियो वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य


संयुक्त अरब इमिरेट्स (युएई) को शारजाहमा जारी दोस्रो खेलमा नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । २० ओभरमा ६ विकेट गुमाउँदै नेपालले १७३ रन बनाएको छ। आशिफ शेख र सन्दिप जोरा उत्कृष्ट ब्याटिङ गरेकामा शेखले ६८ रन र जोरा ६३ रन बनाएका थिए ।

तर ओपनर कुशल भुर्तेल र कप्तान रोहित पौडेलले अपेक्षित प्रदर्शन गर्न सकेनन्। भुर्तेल २ रनमा र पौडेल ३ रनमा आउट भए। कुशल मल्लले ७ रन, गुल्शन झाले ६ रन र मोहम्मद आदिल आलमले ११ रन बनाए।

नेपालविरूद्धको सिरिजका लागि वेस्ट इन्डिजले पाँच नयाँ खेलाडीलाई राष्ट्रिय टोलीमा स्थान दिएको छ। अनुभवी खेलाडीलाई आराम दिँदै नेपालले आफ्नो क्षमता देखाउने अवसर पाउनेछ।

शनिबार भएको पहिलो खेलमा नेपालले पहिलो पटक आइसिसीको पूर्ण सदस्य राष्ट्र वेस्ट इन्डिजविरूद्ध जित हासिल गरेको थियो। त्यतिबेला नेपालले दिएको १४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ९ विकेटको क्षतिमा १२९ रन मात्र जोड्न सकेको थियो।

सिरिजपछि नेपाली टोली ओमानमा विश्वकप छनोट खेल्न जानेछ। ओमानमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ। समूहबाट शीर्ष दुई टोली सुपर–६ मा प्रवेश गर्नेछन्।

सुपर–६ मा ६ टोली खेल्नेछन्, जसमा शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ। ओमानमा तीन समूहमा कुल नौ टोली प्रतिस्पर्धा गर्नेछन्। अन्य समूहमा मलेसिया, कतार र युएई तथा ओमान, पिएनजी र सामोआ रहेका छन्। प्रत्येक समूहका शीर्ष २ टोली सुपर–६ मा प्रवेश गर्नेछन्। सुपर–६ को शीर्ष ३ टोलीले नेपाललाई लगातार दोस्रो र समग्रमा तेस्रो पटक टी–२० विश्वकपमा स्थान दिलाउनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट