Techie IT
२०८२ फागुन २०, बुधबार

नेपालको नाम सुन्नासाथ वाकओभर भएको जस्तो लाग्छ - वेस्ट इन्डिज क्रिकेट टिमका कप्तान हुसेन


वेस्ट इन्डिज क्रिकेट टिमका कप्तान अकिल हुसेन

वेस्ट इन्डिज क्रिकेट टिमका कप्तान अकिल हुसेनले नेपाली क्रिकेट टिमको नाम सुन्नासाथ धेरैलाई ‘वाकओभर’ भएको जस्तो लाग्ने भए पनि खेल्न निकै कठिन रहेको बताएका छन्।

नेपालले सोमबार युनिटी कप टी–२० क्रिकेट शृंखलाको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै तीन खेलको शृंखला अन्तिम खेलअगावै जितेको थियो। यसअघि पहिलो खेलमा नेपालले दुई पटकको विश्वकप विजेताविरुद्ध १९ रनको जित हासिल गरेको थियो।

लगातार दोस्रो खेलमा हारपछि हुसेनले नेपाली टिमलाई धेरैले कमजोर ठान्ने भए पनि वास्तविकता फरक रहेको बताएका छन्।

“हामीहरू पछिल्लो चार वर्षदेखि एकसाथ खेलिरहेका छौं र एक–अर्कालाई राम्रोसँग बुझेका छौं। धेरैले नेपाललाई कमजोर टिम ठान्छन्, तर यस्तो टिमविरुद्ध खेल्दा सधैं उत्कृष्ट प्रदर्शन गर्नुपर्छ,” हुसेनले भने। “नेपालको नाम सुन्नासाथ वाकओभर भएको जस्तो लाग्छ, तर यहाँ नाम र विगतका नतिजाले अर्थ राख्दैन। टिमले के गर्छ र खेलको स्थितिलाई कसरी बुझ्छ भन्ने कुरा नै महत्वपूर्ण हुन्छ।”

नेपाली क्रिकेटले इतिहासमै टेस्ट राष्ट्रविरुद्धको शृंखला जितेको यो पहिलो अवसर हो । नेपाली टिमले आईसीसीको पूर्ण सदस्य राष्ट्रविरुद्ध खेलेको पहिलो शृंखलामा नै जीत हासिल गरेको हो।

दोस्रो जितसँगै नेपालले तीन खेलको शृंखलामा २–० को अग्रता बनाएको छ। यी दुई टिमबीचको अन्तिम तथा तेस्रो खेल मंगलबार हुने तालिका तय छ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट