Techie IT
२०८२ फागुन २०, बुधबार

टी-२० विश्वकप छनोटको सुपर सिक्स चरणमा आज यूएईसँग नेपाल भिड्दै


ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगिताको सुपर सिक्स चरण आजदेखि सुरु हुँदैछ।

नेपालले आज सुपर सिक्सको आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ। खेल अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ।

समूह चरणमा यूएईले कतार र मलेसियालाई हराउँदै अपराजित रहँदै सुपर सिक्समा प्रवेश गरेको हो। त्यस्तै नेपालले पनि कुवेत र जापानलाई पराजित गर्दै अपराजित रूपमा सुपर सिक्समा स्थान बनाएको थियो।

आजको खेलमा यूएईलाई पराजित गर्न सके नेपालका लागि सुपर सिक्समा बलियो सुरुवात हुनेछ। पछिल्ला खेलहरूमा दुवै टोली राम्रो लयमा रहेका छन् र दुवैले एक–एक टेस्ट राष्ट्रलाई समेत हराइसकेका छन्। त्यसैले यो खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

नेपाल र यूएईबीच अहिलेसम्म टी–२० अन्तर्राष्ट्रियमा १० पटक आमनेसामने भिडन्त भएको छ, जसमा दुवैले ५–५ खेल जितेका छन्। पछिल्लो भेटमा एसीसी प्रिमियर कपमा नेपाल यूएईसँग पराजित भएको थियो।

नेपालले सुपर सिक्सको दोस्रो खेल सोमबार कतारसँग, तेस्रो खेल बुधबार सामोआसँग र अन्तिम खेल शुक्रबार ओमानसँग खेल्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

धेरै पढिएका

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट