Techie IT
२०८३ वैशाख ११, शुक्रबार

टी–२० विश्वकप छनोटको निर्णायक खेलमा आज नेपाल र ओमान आमनेसामने


आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोटअन्तर्गतको सुपर सिक्स चरणमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ।

खेल ओमानको अल अमेरात क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८ः४५ बजेबाट सुरु हुनेछ।

यो खेल नेपालका लागि निर्णायक मानिएको छ। ओमानलाई पराजित गर्न सके नेपाल सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि छनोट हुनेछ।

यसअघि नेपालले सुपर सिक्स चरणमा युएई र कतारलाई पराजित गरेको थियो।

सुपर सिक्सका खेलहरू सकिएपछि शीर्ष तीन स्थानमा रहने टोलीहरूले विश्वकपको यात्रा तय गर्नेछन्। आजको खेल नेपालका लागि ऐतिहासिक अवसरका रूपमा लिइएको छ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट