Techie IT
२०८२ कार्तिक १६, आइतबार

विश्वकप लिग–२ : अमेरिकासँग ४ विकेटले पराजित हुँदै नेपाल लगातार तेस्रो खेलमा पराजित


आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएई सिरिजमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।

शनिबार दुबईस्थित आईसीसी एकेडेमीमा सम्पन्न खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएको हो। नेपालले दिएको २७२ रनको लक्ष्य अमेरिकाले ४९ ओभरमै ६ विकेट गुमाएर पूरा गर्‍यो। अमेरिकाका सैतेजा मुक्कामल्लाले सर्वाधिक ७५ रनको योगदान दिए भने मिलिन्द कुमारले ७० रन बनाए।

नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएका थिए । नन्दन यादव, करण केसी र गुल्सन झाले एक–एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपाल ४९.५ ओभरमा अलआउट हुँदै २७१ रनमा सीमित भएको थियो । दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ब्याटिङ गर्दै ७५ रन बनाए भने करण केसी ३१ बलमा ४९ रन बनाउँदै अर्धशतकको नजिक पुगे ।

त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ रनको योगदान दिए। सन्दीप लामिछाने ३ रनमा अविजित रहेका थिए ।

अमेरिकाका बलर हर्मीत सिंहले ३ विकेट लिए। सौरभ नेत्रभल्कर र नोशथुस केन्जिगेले २–२ विकेट लिँदा जसदिप सिंह र शुभम रन्जानेले १–१ विकेट हात पारे।

नेपालले अब सिरिजमा आफ्नो चौथो खेल युएईविरुद्ध खेल्नेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट